राजनीति

“प्रचण्डले चक्कुलाई फूल भनिरहे, मैले पत्याइरहे” : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई छक्याएर धोका दिएको आरोप लगाउनुभएको छ ।

अध्यक्ष ओलीले गत पुस १० गते सरकार गठन अघि भएको सहमति कार्यान्वयन नगरी राष्ट्रिय सहमतिका नाममा नेपाली कांग्रेससहित नयाँ गठबन्धन बनाएर यसपटक आफूलाई पनि धोका दिएको बताउनुभएको हो ।

काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले शुक्रबारसम्म पनि आफूसंग छकाउने भाषा बोलेको बताउँदै हातमा चक्कु लिएर यो फूल हो, तपाईँले चक्कु देख्नुभयो होला, यो फूल हो भनेपछि आफूले चक्कु देखेर पनि तपाईंले भनेपछि फूल नै हो भनेर बसेको बताउनुभयो ।

अध्यक्ष ओलीले प्रचण्डले ढाँट्न र छकाउन अप्ठ्यारो नमान्ने गरेको बताउँदै भन्नुभयो, ‘उहाँ बोल्नुहुन्छ भाषा बेग्लै, गर्नुहुन्छ काम अर्को । हेर्नु देब्रेपट्टि हुन्छ, निशाना दाहिने पट्टि हुन्छ ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.