जन सरोकार

फेरिल्याण्डले मनायो बार्षिक उत्सव तथा अभिभावक दिवस

स्थापनाकालको छोटो समयमै राष्ट्रिय स्तरमा चिनाउन सफल बुढानिलकण्ठ १० कपन बालुवाखानीमा रहेको फेरिल्याण्ड इन्टरनेशनल स्कुलको १४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि बुढानिmलकष्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले फेरिल्याण्ड स्कुल नगरपालिकाभित्रकै उत्कृष्ठ बिद्यालय रहेको बताउनुभयो ।

अधिकारीले फेरिल्याण्ड गुणस्तरीय शिक्षा दिने विद्यालय रहेको र कुनै विद्यार्थीले गुणस्तरीय शिक्षा आर्जन गर्न बुढानिलकण्ठ क्षेत्र बाहिर जानु नपर्ने पनि बताउनुभयो ।

उहाँले अवको युग बिज्ञान र प्रविधिको युग भएको उल्लेख गर्दै युग अनुसारको व्यवहारिक शिक्षा आवश्यक रहेको तर बिद्यार्थीलाई मोबाइल र सामाजिक सञ्जालबाट टाढा राख्नुपर्ने सुझव पनि दिनुभयो ।

विद्यालयका फाउण्डर प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले विद्यार्थीको सर्वाङिेगण विकासलाई ध्यानमा राखेर पठनपाठन गरिएको बउँदै यो वर्ष मात्रै विविध १२ विधामा अवार्ड जित्न सफल भएको जानकारी दिनुभयो ।

कार्यक्रममा प्याप्सनका उपाध्यक्ष कृष्ण अधिकारी एनप्याप्सनका सचिव विष्ष्णु पराजुली, बुनपा १०, ११ १२ का वडा अध्यक्षहरु क्रमशः नवराज भट्टराई, राजु अधिकारी, शम्भु भट्टराई, काठमाडौ प्याब्सनका अध्यक्ष प्रेम राई, ओप्स सल्लाहकार राम केसी बिद्यालयका निर्देशक राम गौतम, विनोद अधिकारी समाजसेवी श्याम तिमलसिना, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति कार्यसमिति सदस्य विष्णु निश्चल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सो अवसरमा विद्यालयले ८० वर्ष भन्दा माथीका अभिभावकहरुलाई माला तथा दोसल्ला लगाएर नगर प्रमुख मिठाराम अधिकारीले सम्मान र्गुभएको थियो ।

सोही अवसरमा पत्रकार विष्णु निश्चल, लक्ष्मी ढकाल, पुष्पा अधिकारी लगायतकालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार कमलिकान्त भेटवाल, सुनिता बुढा क्षेत्री लगायतका कलाकारहरुले साँस्कृतिक प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.