राजनीति

दुर्घटनामा माले महासचिव मैनाली गम्भीर घाइते

पूर्वमन्त्री तथा नेकपा मालेका महासचिव सिपी मैनाली दुर्घटनामा पर्नुभएको छ । बिहिबार महोत्तरीमा उहाँसहित चारजना सवार गाडी विपरीत दिशाबाट आएको ना ४ च ७६८० नम्बरको भ्यानसँग ठोक्किएको हो ।

worldondemand
mirai-life

झापाबाट महासचिव मैनाली, उहाँका छोरा, बुहारी, नाति र चालकसहित काठमाडौंतफैै आउँदै गरेको बा ७ च २१२० नम्बरको कार बर्दिबासस्थित वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६८० नम्बरको भ्यानसँग ठोक्किएको हो ।

घाइतेहरुको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनास्थलबाट उद्धार गरी उपचारको लागि महोत्तरीको बर्दिबासस्थित जनसेवा अस्पताल भर्ना भएका सबैलाई थप उपचारको लागि काठमाण्डौं ल्याइने भएको छ ।

दुर्घटनामा परी मैनालीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन् । मैनाली र बुहारी पुजा गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी राजन चापागाईले जानकारी दिनुभएको छ ।

मैनाली सहितका घाइतेलाई काठमाण्डौं ल्याउन गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी गरिरहेको महोतरीका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बताउनुभयो ।

सम्बन्धित खबर

Back to top button