जापान

बालकृष्ण डंगोलको अध्यक्षतामा नेवा: अन्तर्राष्ट्रिय फोरम जापान

जापानमा नेवारहरूको क्रियाशील संस्था नेवाः अन्तर्राष्ट्रिय फोरम जापानले बालकृष्ण डंगोलको अध्यक्षतामा नयाँ नेतृत्व पाएको छ । गत फेब्रुअरी २३ मा सम्पन्न ९ औं अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्ष रवी श्रेष्ठ, महासचिव शिव तण्डुकार, सचिव भुदेव श्रेष्ठ र कोषाध्यक्षमा डा रवी महर्जनलाई चयन गरेको छ । त्यसै गरी जीवन शाक्य, निर्मल मानन्धर, उत्तम प्रधान, दिपेन्द्र महर्जन, बिशाल श्रेष्ठ, सुमन महर्जन, निरञ्जन श्रेष्ठ, मनकाजी महर्जन, रेणुका शाक्य, मिलि श्रेष्ठ , सागर कपाली, रमेश महर्जन, सागर माली, रोशना श्रेष्ठ, शैलेन्द्र गोपालीलाई सदस्यमा चयन गरेको छ भने दीप रत्न शाक्य, गंगा डंगोललाई लेखा परीक्षकमा चयन गरेको छ ।

अधिवेशनले सल्लाहकारमा माधव नारायण मानन्धर, बिगेन्द्र मान सिंह प्रधान, रूपेश डंगोल, भुपि गोविन्द श्रेष्ठ, ज्ञानु खातोउ मानन्धर, डा. राम ध्वज श्रेष्ठ , दिनेश स्थापित, रविन शाक्यलाई चयन गरेको छ ।

जापानमा बसोवास गर्ने नेवारहरूलाई संगठित गर्ने र आफ्नो कला, संस्कृतिलाई मनाउने उदेश्य लिएर सन् २००३ मा स्थापना भएको संस्थाले स्थापनाकालदेखि नै नेवारहरूको विभिन्न चाड मनाउँदै र सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ ।

अधिवेशनमा अध्यक्ष दीपरत्न शाक्यले प्रगति विवरण पेश गर्नुभएको थियो भने कोषाध्यक्ष रवि श्रेष्ठले आयव्यय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष बालकृष्ण डंगोलले संस्थाबाट नेपालमा दिंदै आएको छात्रवृत्तिकाबारे जानकारी दिनुभएको थियो भने संस्थापक अध्यक्ष माधव नारायण मानन्धरले कसरी यस संस्थाको स्थापना गर्ने सोच आयो र तत्कालिन स्थितिमा कसरी यस संस्थालाई संचालन गरियो भन्नेबारे प्रस्ट पार्नुभयो ।

नव गठित नयाँ कार्य समितिको सम्पुर्ण पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.