विकासशील राष्ट्रमा स्तारोन्नति हुँदै नेपाल, राष्ट्रसंघका तीन मापदण्ड पूरा

प्रधानमन्त्री केपी ओलीले नेपाल केही वर्षमै अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने बताइरहँदा त्यसको खिल्ली उडाइए पनि संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुकलाई विकासशील मुलुकमा स्तरोन्नति गर्न सिफारिस भएको छ ।
सो समितिले नेपाल, लाओस र बङ्गलादेश अतिकम विकसित मुलकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिसमा परेका हुन् । स्तरोन्नति हुन कम्तिमा प्रतिव्यक्ति आय, मानव विकास सूचकांक र आर्थिक जोखिम सूचकांक स्तरोन्नतिका मुख्य मापदण्ड हुन् ।
यसमध्ये नेपालले प्रतिव्यक्ति आय बाहेक दुई सूचकांकका तोकिएको मापदण्ड पार गरिसकेको छ । पछिल्लो समय सन २०१५ को भूकम्प र जारी कोरोना भाइरसको महामारीले भने प्रतिव्यक्ति आयमा प्रभाव पारेको छ ।
संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएअनुसार समितिबाट भएको सिफारिसलाई राष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषदबाट स्वीकृत हुनुपर्छ । अहिले स्तरोन्नतिका लागि सिफारिस भएका मुलुकले सन् २०२६ सम्म तोकिएका मापदण्ड पूरा गर्नु पर्ने सुविधासमेत दिइएको छ ।
नेपाली नियोगका अनुसार सन् २०२२ मा स्तरोन्नतिभएको अवस्थामा समेत नेपालले अल्पविकसित मुलुकमा रुपमा पाइरहेको सुबिधा सन २०२६ सम्म नै पाउने भएको हो ।
प्रतिक्रिया राख्नुहोस्