राजनीति
एमालेले बोलायो सचिवालय बैठक
नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । लितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने तय भएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा बैठकमा छलफल हुने जानकारी दिनुभएकाो छ । ।
बैठकमा परराष्ट्रमन्त्रीलाई जेनेभा जानबाट रोक लगाएकोदेखि सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा समेत छलफल हुने एमालेका एक नेताले जानकारी दिए ।
नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । उनको प्रतिस्पर्धा आठ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामचन्द्र पौडेलसँग हुनेछ ।





प्रतिक्रिया राख्नुहोस्