विश्व समाचार

टर्कीमा पुनः ५.६ म्याग्निच्युडको भूकम्प, एक जनाको मृत्यु, ६९ घाइते

पूर्वी टर्कीमा सोमबार आएको ५.६ म्याग्नीच्युडको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् । तीन हप्ता अघि आएको विनाशकारी भूकम्पमा परी ४४ हजारभन्दा बढी मानिसको ज्यान गएको टर्कीले शोकबाट नबौरिदै फेरि अर्को धक्का ब्यहोरेको छ ।

टर्कीमा पुनः शक्तिशाली भूकम्प

भूकम्पको केन्द्रविन्दु मलात्या प्रान्तको येसिल्युर्ट जिल्लामा रहेको थियो जहाँ यसअघि नै फेब्रुअरी ६ मा शक्तिशाली भूकम्प गएको थियो। यस अघिको भूकम्पबाट क्षतिग्रस्त भएका २५ वटा भवन सोमबारको भूकम्पले ध्वस्त भएको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरण (एएफएडी) ले जनाएको छ।

फेब्रुअरी २० मा दक्षिणी टर्कीमाको हाते प्रान्तमा गएको अर्को दुईवटा भूकम्पमा छ जनाको ज्यान गएको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.