खेलजापानविविध

बक्सर घिमिरेद्वारा नयाँ रेकर्ड कायम

युवा पुस्ताका चर्चित बक्सिङ खेलाडी अविरल घिमिरेले ऐतिहासिक सफता हासिल गर्नुभएको छ । आइतबार अपराह्न जापानको टोकियो सहरमा आयोजित ७० किलोतर्फ ‘के वान के प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’ मा जापानी बक्सिङ खेलाडी दाइ माचुसितालाई पहिलो राउण्डमा नै पराजित गरी उहाँले बक्सिङ खेलमा नयाँ रेकर्डसमेत कायम गर्नुभएको छ ।

सो तौल समूहको प्रतिस्पर्धामा लगातार तीन पटक विजयी हुने उहाँ दक्षिण एशियाकै पहिलो खेलाडीसमेत बन्नुभएको छ । उहाँको विजययात्रा जारी छ । गत वर्षको ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप, २०२१’ को उपाधि घिमिरेले चुम्नुभएको थियो । विश्वका युवा पुस्ताका चर्चित र अनुभवी बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर बन्नुभएको थियो ।

जापानको नायोगा सहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा सम्पन्न ४९औँ सस्करणको सो प्रतिस्पर्धामा घिमिरेले जापानका व्यावसायिक किक बक्सर फुजीमुरालाई परास्त गर्नुभएको थियो ।

दुवैले ‘के वान के बक्सिङ्’ मा प्रतिस्पर्धा गरिसक्नुभएको छ । जापानको चर्चित सिमुरा डोजोले प्रतियोगिताको संयोजन गरेको हो । घिमिरेले सोही डोजोमार्फत आफ्नो खेल प्रदर्शन गर्दै आउनुभएको छ ।

प्रशिक्षक देवका अनुसार ७० किलो तौल समूहको ‘हिट फ्रोफेसनल किक बक्सिङ’ जित्नु आफैमा प्रतिष्ठाको विषय हो । उहाँका अनुसार घिमिरेले अब थप अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुहुने छ । विसं २०७७ को चैतमा जापानको टोकियोमा सम्पन्न ‘के वान फेस्टिवल, २०२१’ को उपाधि चुम्ने घिमिरे कम उमेरको पहिलो नेपाली बक्सिङ खेलाडीसमेत हुनुहुन्छ ।

उहाँले जापानी बक्सर खोतेचुलाई पहिलो राउण्डमा हराएर नयाँ कीर्तिमान कायम राख्नुभएको थियो । यसैगरी उहाँले गत वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा जापानी खेलाडी योसिदा यइजीमाथि सहज जित निकाल्नुभएको थियो ।

कम उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका घिमिरे प्रतिष्ठित ‘के वान किक बक्सिङ अन्तर्राष्ट्रिय प्रतियोगिता, २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल हुनुभएको थियो ।

नेपालको तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने पहिलो ‘बक्सर’ समेत हुनुभएको थियो । एक्काइस वर्षीय घिमिरे बाज्रिलका खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित हुनुपरेको थियो । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधाराका घिमिरे पाँच वर्षदेखि जापानको नागोया सहरमा बस्दै आउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.