जन सरोकार

संसद भवन अगाडिको मुख्य सडकमा शंकास्पद वस्तु

अमेरिकी विकास सहायत मिलेनियम च्यालेन्ज कार्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएपछि केही राजनीतिक दलहरुले त्यसको विरोधमा आज नेपाल बन्दको आव्हान गरेका छन् ।

संसद भवन

यस क्रममा नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा शंकास्पद वस्तु भेटिएको छ । प्रेसर कुकुर जस्तो देखिने शंकास्पद वस्तुमा एमसीसी लेखिएको छ ।

शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ । मुख्य सडक बन्द गरिएको छ । उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्फोजल टोली परिचालन भएको छ ।

यसै गरी काभ्रेको बनेपामा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ । बनेपाको पुल बजारमाको सडकमा भेटिएको वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

शंकास्पद वस्त भेटिएपछि बन्द भएको पुलबजारको सडकखण्ड पनि सञ्चालनमा आएको छ । नो एमसीसी लेखिएको शंकास्पद वस्तु बम नभएको प्रहरीले जनाएको छ ।

उक्त वस्तु राखेको आरोपमा एक जना व्यक्ति पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.