राजनीति

एमसीसी पारित गरेर देश र संविधान बचायौं : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक टिप्पणीसहित संसदबाट एमसीसी पारित गरेर देश र संविधान बचाएको बताउनुभएको छ ।

आज पत्रकार सम्मेलन गरी अध्यक्ष प्रचण्डले शान्ति सम्झौताका बाँकी काम, लोकतन्त्र र संविधान नै खतारामा जाने अवस्था बनेपछि आफूले एमसीसी पारित गर्न सहमति जनाएको बताउनुभएको हो ।

एमसीसी पारित गर्न सघाउने निर्णय गरेपछि पार्टीभित्र समेत समस्यामा पर्नुभएका प्रचण्डले एमसीसी पारित गर्नुको कारण देशको रक्षा रहेको स्पष्टिकरण दिनुभएको हो ।

पत्रकार सम्मेलनमा उहाँले एमसीसीमा राष्ट्रिय सहमति बनोस भनेर लागिपरेको त सहमति नबनेपछि शान्ति प्रक्रिया, संविधान र लोकतन्त्र खतरा पर्ने देखेपछि पारित गर्ने निर्णयमा पुगेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले एमसीसीलाई संसदबाट संकल्प प्रस्ताव पारित गर्ने नेकपाकालमा नै प्रस्ताव गरेको तर त्यो बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको आरोप पनि लगाउनुभयो ।

आफ्नै निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले एमसीसीसँगै पारित भएको १२ बुँदे व्याख्यात्मक घोषणाको कानुनी हैसियत हुने र यसले नेपालको राष्ट्रिय सुरक्षालगायत विषय स्पष्ट पारेको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button