जन सरोकार

मस्र्याङ्दीमा वेपत्ता घिमिरेको शव फेला, नारायणीमा हामफालेकाको सकुशल उद्धार

तनहुँ जिल्लाकोे आबुखैरेनी गाउँपालिका ४ स्थित मस्र्याङ्दीमा नदीमा बेपत्ता भएका मदन घिमिरेको शव सशस्त्र प्रहरीको गोताखोरले फागुन १६ गते फेला पारेको छ ।

आँबुखैरेनी गाउँपालिका ३ बस्ने ३६ वर्षिय घिमिरे यही फागुन १२ गतेदेखि सम्पर्क विहिन रहेको थिए । उनले प्रयोग गरेको स्कुटर तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका डम्पिङस्थित मस्र्याङ्दी नदिको किनारामा रोकी राखेको अवस्थामा फेला परेपछि उनी हराएको आशंका गरिएको थियो ।

सो बारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल विपद्व्य व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोलीले उनको शव झोलुङ्गे पुल मुनि पानीभित्र फेला पारी बाहिर निकालेको हो । उनको शव पोष्टमार्टमको लागि स्थानीय प्रहरीलाई बुझाइएको छ ।

यसै गरी चितवन जिल्लाको भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित पुलबाट फागुन १५ गते बेलुका नारायणी नदिमा हाम फालेका एक जनाको सशस्त्र प्रहरीले तत्कालै सकुशल उद्धार गरेको छ ।

सोही जिल्लाको खैरहनी नगरपालिका ९ बस्ने २० वर्षिय मनिष महतो उक्त नदिमा हाम फालेका थिए । सो बारे जनाकारी पाए लगत्तै नारयणी किनारमा गोताखोर सहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल ईमिडियट रेस्पोन्स टिम (आईआरटी) पोष्ट पुल्चोकले उनलाई घटनास्थल भन्दा करीव १ किलोमिटर तल नदिको बीचबाट जिवितै उद्धार गरेको हो । उद्धार पश्चात उनलाई उपचारको लागि स्थानीय अस्पतालतर्फ पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.