कला/मनोरन्जनकलिउड

अनमोलमाथि धुपौरे निर्माण टोलीबाट ठगीको उजुरी

नेपाली चलचित्रका सबभन्दा विकाउ नायकका रुपमा चिनिएका अनमोल केसीमाथि प्रहरीमा ठगीको उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा चलचित्र धुपौरेमा अभिनय गर्ने सहमति गरेर बैना रकम समेत लिएको तर चलचित्रमा अभिनय नगरेको भन्दै उजुरी परेको हो ।

उजुरी गर्नेमा फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिका तर्फबाट निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले केसीविरुद्ध जाहेरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले पुष्टि गर्नुभएको छ । केसीले धूपौरेमा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिए पनि उनले नखेलेर ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको हो ।

गत असोज ३ गते ४० लाख पारिश्रमिक दिने गरी केसीसँग श्रेष्ठ र खड्गीले सम्झौता गरेका थिए । यस्तै सम्झौताअनुसार ५ लाख अग्रिम भुक्तानी गरे पनि सम्झौताअनुसार केसीले फिल्म नखेलेर ठगी गर्नुका साथै चलचित्र खेल्नका लागि ३ महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै अनमोलले आफूहरुको थप २ लाख ५० हजारसमेत सकेको उजुरीमा उल्लेख छ ।

यस्तै केसीले कलाकार तथा टेक्नेसियनलाई समेत अग्रिम रकम ३० लाख दिन लगाइ उनी भने सम्पर्कमा नआएर आफूहरुलाई आर्थिक रुपमा क्षति पुर्याएको उजुरीमा उल्लेख छ । उजुरीमा केसीले हानी नोक्सानी पुर्याइ क्षति बिगो तथा कानुन बमोजिम क्षतिपूर्ति समेत दिलाइदिन माग गरिएको छ ।

सम्बन्धित खबर

Back to top button