एनआरएनए जापान- तोचिगी तदर्थ समिति गठन

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले तोचिगी तदर्थ समिति गठन गरेको छ ।
निवर्तमान संयोजक एवं केन्द्रीय समिति सचिव विकास बस्नेतको अध्यक्षता र गैरआवासीय नेपाली संघका अध्यक्ष देविलाल भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले मन्दिप क्षेत्रीलाई संयोजक, उपसंयोजकमा राजेन्द्र पुरी र मदन साउद तथा सचिमा शम्भु थापा, सहसचिवमा उत्तम खनाल र कोषाध्यक्ष तथा सहकोषाध्यक्षमा क्रमश: प्रकाशजंग सिंह र उमेश केसीलाई चयन गरेको छ ।
यसै गरी सदस्यहरूमा अनिल कुमार किसान, जितबहादुर रावत, किशोर बस्नेत, दिपक सुनार, अलिशा सुनार, सुशान्त गुरूङ, रोहित दर्लामी मगर, तोमन सापकोटा, देवमान तामाङ, संजिता हमाल, सुशान्त तामाङलाई चयन गरिएको छ । बाँकी तीन जना सदस्य बैठकबाट मनोनित गरिने बताइएको छ ।
भेलामा एनआरएनए क्षेत्रीय उपाध्यक्ष दीपक कार्की, युवा उपाध्यक्ष नविन निउरे महासचिव जनक विक्रम शाही, प्रवक्ता सिद्धार्थ श्रेष्ठ, महिला संयोजक संगीता अधिकारी सुवेदी तथा सदस्य रामकृष्ण श्रेष्ठ, अन्जु भण्डारी, सल्लाहकार शिवप्रसाद पौडेल, समाजसेवी प्रकाश भण्डारी, गुन्मा केन संयोजक मिन कुमार लामिछाने, मगर संघ प्रतिनिधि किरण थापाको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्