खेलजल/वातावरणजापान

टोकियोमा दोश्रो रनिङ कप पुरुष भलिबल प्रतियोगिता हुने

बाग्लुङ समाज जापानले आउँदो अप्रिल ४ तारिखका दिन राजधानी टोकियोमा दोश्रो रनिङ कप पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ ।

नेपालको राष्ट्रिय खेल भलिबललाई चैतेदसैंको अवसर पारेर प्रवासमा रहेका खेलाडी र खेलकुदको विकासमा टेवा पुर्याउने उद्देश्यले आयोजना हुन लागेको जनाइएको छ ।

प्रतियोगिता संचालन गर्नका लागि समाजले विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाडका साथ तयारी थालेको कार्यवहाक अध्यक्ष यमकान्त कँडेलले बताउनुभयो ।

समाजले कार्यक्रम संयोजकको जिम्मेवारी कार्यसमिती सदस्य बसन्त थापालाई प्रदान गरेको छ भने कार्यक्रमको सम्पूर्ण ब्यवस्थापकीय जिम्मेवारी उपाध्यक्ष गुरुप्रसाद सापकोटालाई दिइएको महासचिव राजु केसीले जानकारी दिनुभयो ।

त्यसै गरी आर्थिक, प्रचार प्रसार स्वयंसेवक तथा अतिथी ब्यवस्थापक लगायतमा पनि जिम्मेवारी बाँडफाड गरी तयारी अगाडि बढाइएको छ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद २ लाख ८५ हजार ५ सय ५५ येन मेडल र प्रमाण पत्र, द्वितीय हुनेलाई नगद १ लाख ८५ हजार ५ सय ५५ येन मेडल र प्रमाणपत्र तथा सेमिफाइनलिष्ट दुवै समूहलाई सान्त्वना पुरस्कार स्वरूप ५५ हजार ५ सय ५५ येन र प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।

यसका साथै प्रतियोगितामा बेष्ट प्लेयर, बेष्ट स्पिकेर, बेष्ट डिफेण्डेर, बेष्ट लिफ़्टर र बेष्ट कोचलाई पनि आकर्षक पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा अफिसियल सहित १२ खेलाडीको सहभागिता रहनसक्ने र खेल प्रचलित नियम अनुसार नकआउट आधारमा नेपाली रेफ्रीद्वारा संचालन गरिने छ ।

प्रतियोगिता टोकियोको सिन्जुकु कज्मिक सेन्टरमा बिहान ९ बजे देखि संचालन हुनेछ । खेलमा सहभागिताको लागि प्रवेश शुल्कको रूपमा प्रति समूह ४० हजार येन तोकिएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई जापानमा नेपालीहरूद्वारा संचालित मिराई लाईफ स्वास्थ्य बीमाले मिराई लाईफ उत्कृष्ठ खेलाडीको विशेष पुरस्कार प्रदान गर्नेछ।

प्रतियोगितामा टिम सहभागिताका लागि आयोजकसंग सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.