राजनीति

यसपटक पनि एमसीसी एमालेबिरुद्ध हतियार बन्यो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीमाथि निर्लज्ज ढंगले हल्ला चलाइएको दावी गर्दै आफूलाई प्रधानमन्त्रीबाट हटाउन मात्र एमसीसीको रडाको मच्चाएको आरोप लगाउनुभएको छ ।

एमसीसी पारित भएको दुई दिनपछि पार्टीको आधिकारक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एमसीसीलाई स्वस्थ्य ढंगले राजनीति नगरी विकास आयोजना अघि बढाउन चाहेको तर अरुले रडाको भिकेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा अध्यक्ष ओलीद्वारा जारी विज्ञप्तिमा देशमा मतभेद बढाउन खोज्ने, द्वन्द्व फैलाउन खोज्ने धाक धम्की दिइएको आरोप लगाउँदै धम्क्याएर, त्रसित बनाएर आफुलाई माथि पार्न खोज्ने प्रवृत्तिले देशलाई घात गर्ने बताइएको छ ।

विज्ञप्तिमा एमसीसीको विषयमा सत्तारुढ गठबन्धको चरित्र उदांगो भएको टिप्पणी गर्दै एमालेले देशमा पछिल्लो समय भइरहेको राजनीतिक घटनाक्रम र अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्ताव संसदबाट पास हुनलाई ‘ठगी धन्धाको पर्दाफास’ भनेको छ ।

विज्ञप्तिमा भनिएको छ सरकारभित्रै रहेका दलले एमसीसी ठिक होइन, ठिक छैन भन्ने, एकै छिनमा सरकारमा रहिरहने तर एमसीसीको विपक्षमा मत दिने भन्ने, सरकारमै रहेर ‘राष्ट्रघाति’ प्रस्ताव भन्ने जस्ता क्रियाकलाप केही दिन हामीले देख्यौं । अन्तिममा तिनै दलले प्रस्ताव पास गरे । यो घटनाले गठबन्धन सरकारको ठगी धन्धा पर्दाफास भएको छ ।’

कार्यक्रममा उपमहासचिव ज्ञवालीले पछिल्लो घटनाक्रमले सभामुखले उक्त पदको गरिमा अनुसार काम नगरेकाले योग्य नभएको थप पुष्टि भएको बताउनुभयो ।

यसपटक पनि उहाँले एमसीसीलाई नेकपा एमालेविरुद्धको हतियारको रुपमा प्रयोग गरेको आरोप लगाउनुभो । उहाँले भन्नुभयो ‘एमसीसीलाई सुरुदेखि नै एमालेलाई कमजोर पार्ने र सरकार टिकाउने हतियारको रुपमा लिइयो । अहिले वास्तविक चेहेरा उदाङ्यो भयो ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.