‘मिस नेपाल नर्थ अमेरिका २०२३’ को आवेदन खुल्यो
हरेक वर्ष संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा हुँदै आएको मिस नेपाल नर्थ अमेरिका २०२३ को आवेदन खुला गरिएको छ । फेब्रुअरी २८ देखि खुला गरिएको आवेदन दिने अन्तिम मिति मे ३१, २०२३ सम्म रहेको छ ।
मिस नेपाल नर्थ अमेरिका सुरु भएदेखि नै हरेक वर्ष अगस्त महिनामा हुँदै आएको प्रतियोगिताा यस वर्ष जुलाई महिनामा हुने र जुलाई २२ का दिन ग्रान्ड फिनाले हुनेछ ।
विगत वर्ष झैँ यस वर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुममा ग्राण्ड फिनाले हुने आयोजक संस्थाका संस्थापक शैलेस श्रेष्ठले जानककारी दिनुभयो ।
यस वर्ष प्रतियोगिताको नारा “अर्को पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण” भन्ने मूल नारा दिइएको छ । यो प्रतियोगीताको आयोजना ड्रिम्स युनिभर्सलले गर्नेछ ।
आयोजक संस्थाले एक विज्ञप्ति जारी गरी मिस नेपाल नर्थ अमेरिका (एमएनएनए)ले नेपाली महिलाहरूलाई आफ्नो महत्वाकांक्षा साकार पार्न, आत्मसम्मान बढाउन र रोल मोडेल (अनुकरणीय व्यक्ति) बन्न मञ्च प्रदान गर्ने बताएको छ ।
साथै विज्ञप्तिमा आयोजनाको लक्ष्य भविष्यको सफलताको लागि अवसर प्रदान गर्नु रहेको बताउँदै यस सम्बन्धमा कुनै जिज्ञाशा भएमा आयोजकसंग सम्पर्क गर्न समेत आह्वान गरिएको छ ।
आवेदन पत्र भर्न – http://www.missnepalnorthamerica.com/apply





प्रतिक्रिया राख्नुहोस्