जन सरोकार

सात महिनामा साढे चारलाख वैदेशिक रोजगारीमा, अध्ययनका लागि जाने ४५ हजार

मुलुकमा रोजगारी सिर्जना गरी युवाहरुलाई स्वदेशमै रोक्ने नीति लिएको दावी सरकारले गरिरहँदा विदेशमा श्रम गर्न जानेको संख्या भने ह्वात्तै बढेको छ । त्यस्तै अध्ययनका लागि विदेश जानेको संख्या पनि उच्च रहेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि माघसम्म महिनासममा साढे चार लाखभन्दा बढी नेपाली युवा रोजगारीको खोजीमा मलेसिया, खाडीलगायतका मुलुकमा गएका छन् ।

यसै अवधिमा विदेशमा अध्ययन गर्न जानेको संख्या पनि बढेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत साउनदेखि पुस मसान्तसम्ममा ४५ हजार ९१२ जनाले नो अब्जेक्सन लेटर लिएका छन् ।

स्वदेशमा रोजगारी र सुलभभ र गुणस्तरीय शिक्षाको प्रत्याभूति नारामै सीमित हुँदा युवाहरु विदेश पलायन हुने क्रम घट्नुको साटो झनझन् बढिरहेको उपरोक्त र्दु तथ्यांकले नै देखाएको छ ।

वैदेशिक रोवगार विभागका अनुसार साउनदेखि माघ महिनासम्मम चार लाख ६२ हजार जनाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये सबैभन्दा धेरै मलेसिया र कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, ओमान जानेको हिस्सा ८० प्रतिशत छ भने बाँकी अन्य देशमा गएका छन् ।

पछिल्लो समय साउदी अरब जानेको सङ्ख्या घटेको छ भने मलेसिया र कतारमा नेपाली श्रमिकको सेवासुविधा र माग बढेका कारण ती देशमा जाने युवाको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ ।

सात महिनामा सबैभन्दा धेरै मलेसियामा जानका लागि श्रम स्वीकृति लिएका छन् । मलेसियाका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या २० हजार छ । सो अवधिमा कतारका लागि १२ हजार ७०४, साउदीका लागि १० हजार ५७६, संयुक्त अरब इमिरेट्स )यूएई) नौ हजार ७७० र कुवेतका लागि दुई हजार ९९२ जनाले श्रम स्वीकृति लिएका छन् ।

पछिल्लो पटक विगतको तुलनामा युरोप र एसियाली मुलुकमा श्रम स्वीकृति लिएर रोजगारीमा जानेको सङ्ख्या बढ्न थालेको छ ।

गत माघ महिनामा रोमानिया जान ८०४, जापान ८८२, साइप्रस ४१७, क्रोएसिया ४७१, माल्टा २७०, पोल्यान्ड ७२० र पोर्चुगल जान ४५ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

पछिल्लो समयमा संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर १२० देशमा नेपाली पुगेका छन् । श्रम स्वीकृति नलिई जानेको सङ्ख्या पनि हजारौँमा छ । अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतजस्ता मुलुकमा पनि नेपाली काम गर्न गएका छन् । यी मुलुकमा डिपेन्डेन्टका रूपमा काम गर्न जाने धेरै छन् ।

विभागका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को साउनमा ६३ हजार, भदौमा ७६ हजार, असोजमा ५६ हजार, कात्तिक र मङ्सिरमा ६८/६८ हजार, पुसमा ६५ हजार र माघमा ६४ हजारले श्रम स्वीकृति लिएका छन् ।

गत वर्ष आर्थिक वर्ष २०७८/७९ मा छ लाख ३० हजारले श्रम स्वीकृति लिई विदेशिएका थिए । विभागका अनुसार साउनपछि लगातार उकालो लागेको विदेश जाने क्रम हालसम्म कायम छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.