प्रबास

इरानको आक्रमणमा परी युएईमा एक नेपालीको मृत्यु

अमेरिका र इजरायलले आक्रमण गरेपछि प्रतिआक्रमणमा मध्यपूर्वका विभिन्न देशहरुमा आक्रमण गरिरहेको इरानको आक्रमणमा परी युएईमा एकजना नेपाली नागरिकको मृत्यु भएको छ।

युएईको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत मिसाइल आक्रमणबाट तीन जनाको मृत्यु भएको र जसमध्ये एकजना नेपाली नागरिक रहेको पुष्टि गरेको हो ।

मृत्यु हुनेमा अर्का एक जना बंगलादेशी र पाकिस्तानी नागरिक छन् भने अरू ५८ जना सामान्य घाइते समेत रहेको मन्त्रालयले उल्लेख गरेको छ। मन्त्रालयले मृतकको पहिचान खुलाएको छैन।

यसबीच परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले युएईमा नेपाली नागरिकको मृत्यु भएको विषयमा आफूहरुले पनि संचारमाध्यमबाट खबर प्राप्त गरेको जानकारी दिनुभएको छ ।

उहाँले संचार माध्यम र सामाजिक सञ्जालमार्फत यसको सूचना पाएपछि दूतावासमा यसको वास्तविकताबारे बुझ्न निर्देशन दिएको बताउनुभयो ।

युएईको रक्षा मन्त्रालयका अनुसार आक्रमण सुरू भएयता इरानले युएईमा १६५ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो। तीमध्ये १५२ वटा नष्ट गरिएको र १३ वटा समुद्रमा खसेका छन्।

घटनामा विभिन्न देशका नागरिक गरी ५८ जना सामान्य घाइते भएका छन्। घाइतेमध्ये इमिरेट्स, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगान्डा, एरिट्रिया, लेबनान र अफगानिस्तानका नागरिक रहेका छन्।

युएईको रक्षा मन्त्रालयको विज्ञप्ति

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.