राजनीति

प्रचण्डको त्रासले एमसीसी पारित भयो : रोहित

केही घण्टा अघिसम्म एमसीसीको विपक्षमा मतदान गर्ने सार्वजनिक घोषणा गर्दैआउनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकाएक एमसीसीको पक्षमा उभिनु रहस्यमय मानिएको छ ।

एमसीसीका पक्षमा लागेपछि चर्को बिरोध भैरहेका बेला उहाँले पत्रकार सम्मलन गरेर जति सफाई दिए पनि माओवादी केन्द्र नै फुटको संघारमा पुगेको छ ।

यसबीचमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ले माओवादी अध्यक्ष प्रचण्ड एमसीसीका पक्षमा लाग्नुको कारण सार्वजनिक गर्नुभएको छ ।

विजुक्छेले यो घटनालाई तत्कालीन माओवादीको आह्वानमा भएको सशस्त्र द्वन्द्वसँग जोड्दै अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने भयले एमसीसीको पक्षमा लागेको आरोप लगाउनुभएको छ ।

उहाँले जनयुद्धको नाममा १७ हजार मानिसको हत्या आरोप प्रचण्डमाथि रहेको र अन्तर्राष्ट्रिय अदालत जानुपर्ने त्रासले एमसीसीमा सहमति जनाएको बताउनुभयो ।

मंगलबार भक्तपुरको न्हुः पुखु (रानीपोखरी)को उद्घाटन गर्दै बिजुक्छेले प्रचण्डको त्रासकै कारण एमसीसी पास भएको बताउनुभएको हो ।

जनताको इच्छाविपरीत संसदले हतारहतार एमसीसी पास गर्नु दुःखद् भएको भन्दै उहाँले त्यसकाविरुद्ध पार्टीले देशभर विरोधसभा गरेको बताउनुभयो । एमसीसी नेपाल र नेपालीका लागि घातक हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button