क्रिकेटखेल

विश्वकप छनोट : नेपाल र युएईका दुई टोली खेल्दै

नेपाली क्रिकेटका दुई टोलीका लागि आजको दिन विशेष रहनेछ । यु १९ टोली विश्वकपमा छनोट हुन युएई बिरुद्ध अन्तिम खेल खेल्दैछ भने राष्ट्रिय टोली अंक तालिकामा पाँचौ स्थानमा उक्लन युएईसंगै महत्वपूर्ण खेल खेल्दैछ ।

युएईमा यु १९ विश्वकपको एसिया छनोट र विश्वकप लिग २ को त्रिदेहीय सिरिज चलिरहेको छ । र नेपालको दुबै टोलीको अन्तिम लक्ष्य विश्वकप नै छ ।

नेपालको सिनियर टोली अहिले लिग टु अन्तर्गत शृङ्खला खेल्न यूएईमा छ । नेपालले पहिलो खेलमा पपुवा न्यु गिनीलाई पराजित गरिसकेको छ ।

लिग टु को शीर्ष तीनमा रहँदै आगामी जुन–जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने लक्ष्यमा रहेको नेपाललाई यूएईविरुद्धको खेल पनि जित्नैपर्ने छ ।

यस खेल जितेमा नेपालको ३० खेलबाट ३० अंक हुनेछ र नेपाल यूएईलाई पछि पार्दै ७ राष्ट्र सहभागी लिग टु मा पाँचौ स्थानमा समेत उक्लनेछ ।

नेपालले अब ७ खेल खेल्न बाँकी छ । जसमध्ये ६ खेल जितेमा नेपाल शीर्ष तीनमा पुग्नेछ । यूएईका लागि पनि शीर्ष ३ मा स्थान बनाउन बाँकी ७ मध्ये ६ खेल जित्नैपर्ने अवस्था छ । यूएई शृङ्खलाको पहिलो खेलमा पपुवा न्यु गिनीसँग पराजित भएको थियो ।

यूएई २९ खेलबाट २९ अंकसहित पाँचौ स्थानमा छ । ३० खेलबाट ७ अंक रहेको पपुवा न्यु गिनी अंकतालिकामा पुछारमा रहने पक्का भइरहेको छ।

सिनियर टोलीको तुलनामा जुनियर टोली विश्वकपको निकै नजिक छ । त्यसैले यू १९ टोलीको खेल निकै महतवपूर्ण हुनेछ ।

अर्को वर्ष श्रीलंकामा हुने यू १९ विश्वकपका लागि भइरहेको एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा आज नेपाल र यूएई खेल्दैछन् । राउण्ड रोविन लिगको अन्तिम खेल भए पनि यो खेल फाइनल जस्तै हुनेछ ।

६ राष्ट्र सहभागी छनोटबाट शीर्ष स्थानमा रहने एक टिम मात्र विश्वकपमा पुग्नेछन् । त्यसैल नेपालका लागि यो खेल जित्नैपर्ने अवस्था छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.