आइसिसी यु-१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत युएईविरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ ।
समूहको विजेता बन्दै विश्वकप खेल्ने लक्ष्य लिएको नेपाल नेपाल आजको खेलमा विजयी भए आगामी वर्ष श्रीलङ्कामा आयोजना हुने यु-१९ विश्वकप क्रिकेटको भए यात्रा तय गर्नेछ ।
प्रतियोगितामा नेपालले यसअघि खेलेका चार वटै खेलमा विजयी भएको नेपाल सन् २०१६ पछि पहिलो पटक विश्वकप खेल्ने उद्देश्यका साथ मैदानमा उत्रनेछ ।
नेपालले यसअघि सिङ्गापुर, कुवेत, हङकङ र मलेसियालाई पराजित गरेको थियो । युएईले पनि सिङ्गापुर, कुवेत, हङङकङ र मलेसियालाई पराजित गरेको छ ।
नेपाल र युएईबीचको विजेताले यू-१९ विश्वकपको यात्रा तय गर्नेछ । यी दुबै टोलीले छनोट चरणका चार खेलमा उत्कृष्ट प्रदर्शन गर्दै शतप्रतिशत नतिजा निकालेका छन् ।
नेपालको प्लेईङ–११ मा कप्तान देव खनालसहित आकाश त्रिपाठी, दीपक बोहरा, आकाश चन्द, अर्जुन कुमाल, विशालविक्रम केसी, दीपेश कँडेल, हेमन्त धामी, मिलन बोहरा, सुवास भण्डारी र उत्तम थापा मगर छन् ।





प्रतिक्रिया राख्नुहोस्