जन सरोकार

मृत अवस्थामा चार जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट चार जना फेला परेका छन् । काठमाडौं, तार्केश्वर नगरपालिका-६ धर्मस्थली तिमिल्सिना टोलस्थित बाटोमा काभ्रे घर भएका ४८ वर्षीय श्याम तामाङ शनिबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै धादिङ, नेत्रावती गाउँपालिका-५ कटुन्जे बस्ने ७१ वर्षीय बाबुकाजी मानन्धर सोही ठाउँस्थित महाबिरचुली भिरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै संखुवासभा, खाँदबारी नगरपालिका-७ डेरा गरी बस्ने सिलिचोङ गाउँपालिका-२ घर भएकी २६ वर्षीया विना राई आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

यता रूपन्देही, मायादेवी गाउँपालिका-५ गोनाह बस्ने ६५ वर्षीय धनराज हरिजन सोही गाउँपालिका-६ खजुरियास्थित गहुँबारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.