सिद्धबाबाद्वारा अदालतमा आत्मसमर्पण- झुम्का जेलचलान

आफ्नी अनुयायीलाई बलात्कार गरेको आरोपमा उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएपछि भारतिर गएका सिद्धबाबा (कृष्णबहादुर गिरी)ले मंगलबार जिल्ला अदालत, सुनसरीमा आत्मसमर्पण गरेपछि जेलचलान गरिएको छ ।
मंगलबार बिहान १२ बजेतिर उनी जिल्ला अदालत सुनसरी पुगेलगवत्तै उहाँलाई थुनुवा पूर्जी दिएर झुम्का जेल पठाएको जिल्ला अदालत सुनसरीका निमित्त स्रेस्तेदार निधिराम दाहालले बताउनुभएको छ ।
कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि गिरीलाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो ।
उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो । १६ मंसिरमा जिल्ला अदालत, सुनसरीले उहाँलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो ।
तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत, बिराटनगर पुगेको थियो । अदालतमा मुद्दाको बहस हुँदै गर्दा आफ्नो विपक्षमा फैसला आउने छनक पाएपछि उहाँ भारततिर भाग्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्