राजनीति

कृष्णप्रसाद सिटौलाले कांग्रेस सभापतिमा उम्मेद्वारी दिने

कृष्णप्रसाद सिटौला

कृष्णप्रसाद सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । २०७७ साल फागसनमा हुने कांग्रेसको १४ औँ महाधिवेशनमा उहाँले सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

सोमबार झापाको भद्रपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस नेता सिटौलाले आफूले सभापतिमा उम्मेद्वारी दिने निर्णय गरेको बताउँदै पार्टीको आमूल परिवर्तनका लागि आफ्नो उम्मेद्वारी आवश्यक रहेको दावी गर्नुभयो ।

आफू सभापतिकाा लागि तयार रहेको बताउँदै सिटौलाले ‘मुलुकको शान्ति प्रक्रियादेखि संविधान निर्माणसम्म पार्टीको तर्फबाट आफ्नो भूमिका उल्लेखनीय रहेको छ, त्यसैले आगामी महाधिवेशनमा उम्मेदवारी दिने सोच बनाएको बताउनुभयो ।

त्यस क्रममा उहाँले वर्तमान परिस्थितिमा पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलबिचको भागबन्डा र गुटबन्दी आवश्यक नरहेको बताउँदै पार्टीको एकताका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने पनि बताउनुभयो ।

सम्बन्धित खबर

Back to top button