राजनीति
विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई प्रधानमन्त्रीद्वारा बधाई
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई दिनुभएको छ ।
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीले पुर्याउनुभएको योगदानको उच्च प्रशंसासमेत गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, “श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीहरूले पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गर्दछु ।”
सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो । यु १९ विश्वकपमा टेष्ट मान्यता प्राप्त देशहरुलाई पराजित गरेको नेपाल प्लेट च्याम्पियनसीपको उपविजेता समेत रहिसकेको छ ।





प्रतिक्रिया राख्नुहोस्