राजनीति

सरकार समाजवादको आधार तयार पार्न क्रियाशील छ : प्रधानमन्त्री प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको वर्तमान सरकार समाजवादको आधार तयार पार्न क्रियाशील रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड

शनिबार दिउँसो दाङको देउखुरीमा आयोजित अगुवा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको जगमा समाजवादको आधार तयार पार्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “मैले सरकारको नेतृत्व गरेदेखि नै समाजवादको आधार तयार पार्न सुशासन, समाजिक न्याय र समृद्धिमा जोड दिएको छु । प्रतिकूल परिस्थितिका बाबजुद पनि सरकारले समाजवादको आधार तयार पार्न प्रयास गरिरहेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट उत्पादन र रोजगारीमा केन्द्रित गरिने छ । त्यसले देशमा नयाँ वातावरण बनाउनेछ ।”

प्रशिक्षणमा माओवादी केन्द्रका सचिव एवं पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेल, स्थायी समिति सदस्य एवं नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, स्थायी समिति सदस्य जोखबहादुर महरालगायतका नेता उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.