सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ
सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकाको चरित्रहत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ गोल्खुपाखा बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-६ घर भएका २२ वर्षीय सुमन खत्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसवुकमा नाबालिकाले पोष्ट गरेका फोटो डाउनलोड गरी विभिन्न फेक आईडी खोली ती आईडीबाट नाबालिकाको फोटो प्रयोग गरी अश्लिल क्याप्सन लेख्ने साथै निज नाबालिका तथा उनकी दिदी र साथीहरूलाई अश्लिल तस्विर, भिडियो फेसबुक म्यासेन्जरमा पठाई दु:ख, हैरानीका साथै चरित्र हत्या समेत गरेको भन्ने पीडितको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा सुमनको संलग्नता खुल्न आएपछि उनलाई ठमेलबाट पक्राउ गरेको हो ।
उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई विद्युतीय




प्रतिक्रिया राख्नुहोस्