जल/वातावरण

नेपाल भ्रमण गरेर फर्केको एक स्पेनीको कोरोना संक्रमणबाट मृत्यु

नेपाल भ्रमण गरी स्पेन फर्केको एक व्यक्तिको कोरोनाका कारण मृत्यु भएको त्यहाँका चिकित्सकहरुले पुष्टि गरेका छन् । डेलीमेलमा प्रकाशित समाचार अनुशार गत फरबरी १३ मा मृत्यु भएका उनले स्पेन फर्कनुअगाडि नेपालको भ्रमण गरेका थिए ।

कोरोनाबाट स्पेनमा मृत्यु हुने व्यक्ति नेपालमा कतिदिन भ्रमण गरे र कहाँ कहाँ गए भन्नेबारे केही खुलाइएको छैन । तर उनलाई नेपालमा नै कोरोना संक्रमण भएको आशंका गरिए पनि उनी चीनहुँदै नेपाल आएकोआशंका गरिएको छ ।

नेपालमा अहिलेसम्म एकजनामा मात्र कोरोना संक्रमण भएको र उनको पनि उपचार भइसकेको बताइएको छ । तर नेपालबाट स्पेन फर्केका यी व्यक्तिमा कोरोना संक्रमण देखिनुले नेपालमा कोरोना संक्रमितहरु बजारमा खुलेआम हिडिरहेको हुनसक्ने आशंका बढेको छ ।

नेपाल भ्रमण गरेर फर्केपछि ती व्यक्ति बिरामी भएर अस्पतालमा भर्ना भएका थिए । भ्यालेन्सियाका स्वास्थ्य अधिकारीहरुले ती व्यक्तिको मृत्यु कोरोना भाइरस संक्रमणबाट भएको पुष्टि गरेका छन् । यसअघि उनको मृत्युको बारेमा केही खुलाइएको थिएन । स्पेनमा यो नै कोरोना संक्रमणबाट भएको पहिलो मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.