अर्थ

आज पनि तोलामा रु एक हजारले घट्यो सुनको मूल्य

सुन

सुन

बुधबार धेरै लामो समयपछि एक हजार ७ सय रुपैयाँले घटेको सुनको मूल्य घट्ने क्रम जारी रहेको छ । स्थानीय बजारमा बिहिबार सुन मूल्य तोलामा नै रु एक हजारले ओरालो लागेको छ ।

बुधबार तोलामा रु ८७ हजार ५०० मा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने रु ८६ हजार ५०० मूल्य निर्धारण भएको छ ।

त्यसै गरी बुधबार रु ८७ हजार ५० मा कारोवार भएको तेजाबी सुन आजका लागि भने तोलामा रु ८६ हजार ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

साथै बुधबार रु एक हजार ३१५ मा कारोवार भएको चाँदी आजका लागि भने तोलामा रु एक हजार २८५ मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ ।

सम्बन्धित खबर

Back to top button