जापान
जापानमा बसेका तथा नेपालबाट जापान आउने तयारीमा रहेकाहरुलाई उपयोगी कार्यक्रम

एनआरएनए जापान क्षेत्रीय समिति नागोयाले जापानबासी नेपाली तथा नेपालबाट जापान आउने तयारीमा रहेका नेपालीहरुका लागि चेनामूलक कार्यक्रम गर्ने भएको छ । १३ मार्च २०२१ शनिबार जापानी समय अनुसार सांझ ७ बजे सुरु हुनेछ ।
कोरोना महामारीका कारण उत्पन्न अन्योलको परिस्थितिमा स्युसोकु गर्न नसकेका विद्यार्थीहरुले के गर्न, विद्यार्थी भिसामा समस्या आएमा कसरी समाधान गर्ने तथा नेपालबाट आउने विद्यार्थीहरुले के के कुरामा ध्यान दिनुपर्छ लगायतका जानकारी मूलक कार्यक्रम गर्न लागिएको हो ।
भर्चुअल माध्यमबाट संचालन हुने कार्यक्रम विभिन्न सामाजिक सञ्जालमा लाइभ प्रसारण हुने भएकाले जापानबासी नेपाली तथा भर्खरै नेपालबाट जापान आउने तयारीमा रहनुभएकारुका लागि अत्यन्तै उपयोगी हुने भएकाले कार्यक्रम हेर्न र सुन्न कार्यक्रमका संयोजक श्याम शितलले अनुरोध गर्नुभएको छ ।