इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको नापोलीमाथि लाजियोले जित निकालेको छ । शुक्रबार राति भएको खेलमा शीर्ष स्थानको नापोलीमाथि लाजियोले १-० को जित निकालेको हो ।
लाजियोलाई जितमा माटियस भिसिनोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा खेलको ६७ औं मिनेटमा भिसिनोले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए । त्यसपछि थप समयमा कुनै टोलीबाट गोल भएन र खेल लाजियोले १-० ले जित्दै महत्पूर्ण तीन अंक प्ताप्ता गर्यो ।
यद्यपि दुवै टोलीले केही गोल गर्ने सुन्दर अवसर भने खेर फालेका थिए । जितसँगै लाजियो २५ खेलमा ४८ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ समान खेलमा ६५ अंक जोडेको नापोली शीर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्