अर्थ

पुनः मन्त्री बनेपछि नयाँ ऊर्जाका साथ पुनः आएको डा खतिवडाको प्रतिक्रिया

अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आफ्नो पुनःनियुक्ति नयाँ ऊर्जाका साथ काम गर्नका लागि भएको बताउनुभएको छ ।

पुनःनियुक्तिपछि अर्थ मन्त्रालयमा बुधबार उहाँले पदबहालीका क्रममा आफू मुलुकको गरिबी, अभाव, अशिक्षा, असमानाता र अन्यायका विरुद्ध लडिरहेको बताउँदै ती समस्या हल नहुञ्जेलसम्म र नेतृत्वले फर्की नभनेसम्म लडिरहने धारणा व्यक्त गर्नुभयो ।

“मेरो लडाई र समय त्यो बेलासम्म हो । त्यो हाम्रो साझा लडाई हो । यसका लागि सबैको साझा प्रयास आवश्यक छ”, मन्त्री डा खतिवडाले भन्नुभयो ।

मुलुक उच्च आर्थिक वृद्धिको बाटोमा रहेको र आर्थिक परिसूचक सकारात्मक भए पनि केही वाह्य चुनौतीको सामना गर्नुपरेको उहाँको भनाइ छ । बितेका दुई वर्षमा मुलुकको आयातमा आधारित अर्थतन्त्र आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्र हुँदै गएको, आयातमा आधारित राजश्व प्रणाली आन्तरिक उत्पादनमा र आम्दानीमा आधारित राजश्व प्रणालीमा रुपमा विकास हुँदै गएको अर्थमन्त्री डा खतिवडाले जानकारी दिनुभयो ।

उहाँले संविधानले दिएको अधिकारअन्तर्गत तिनै तहका खर्च विनियोजन, लेखाङ्कन प्रणालीलगायत एकीकृत विवरण बनाउने चुनौती रहेको उल्लेख गर्नुभयो । निजी क्षेत्रका लागि अझ सहज लगानीको वातावरण बनाउन र सहकार्य गर्न धेरै कानून बनेको र केही कानून बनाउनुपर्ने बताउँदै मन्त्री डा खतिवडाले व्यावसायिक वातावरण सुधारको यात्रामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पुनःनियुक्तिका लागि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, राष्ट्रपति र प्रधानमन्त्रीप्रति आभार प्रकट गर्नुका साथै प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्नभयो । कार्यक्रममा मन्त्रालयका सचिव, सहसचिव, मातहतका विभाग र निकायका प्रमुखको सहभागिता थियो ।

सम्बन्धित खबर

Back to top button