राजनीति

नेपाली कांग्रेसले शहरदेखि गाउँसम्म कोरोना विरुद्ध सतर्कता अभियान चलाउने

कांग्रेस

कांग्रेस

नेपाली काँग्रेसले कोरोना सङ्क्रमणका बारेमा ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतना अभियान थाल्ने घोषणा गरेको छ । उक्त पार्टीले बुधबार पत्रकार सम्मेलन गरेर पार्टी र आबद्ध संस्थाहरुमार्फत विविध उक्त अभियान सञ्चालन गर्ने घोषणा गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठनले गराएको सचेतता, नेपाल सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरेर पार्टी एवं त्यससँग आबद्ध संस्थाहरुका सबै तहका ठूला भेला, सम्मेलन र सभालगायत कार्यक्रम आजैदेखि लागू हुने गरी अर्को सूचना नगरिए सम्मलाई स्थगन गरिएको पार्टीप्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

विश्वव्यापी रुपमा सङ्क्रमण फैलिइरहेको प्राण घातक कोरोना भाइरसबारे सरकार र समुदायका नाममा नेपाली काँग्रेसको १४ बुँदे अपिल कार्यान्वयनमा जोड दिँदै उहाँले विश्व स्वास्थ सङ्गठनले नेपाललाई समेत उच्च जोखिम रहेको राष्ट्र भनेर सतर्क गराइसकेको स्थितिमा हाम्रा सबै प्रयासहरु जोखिम सामना गर्ने दिशामा सम्पूर्ण रुपले केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

त्रिभुवन विमानस्थलमार्फत सङ्क्रमण प्रवेशको खतरालाई अझ कडाइ गर्न र थल मार्गबाट निर्वाध जारी आवागमनमा आवश्यक कडाइ गर्दै नाकाहरुमा भरपर्दा स्वास्थ्य जाँचको केन्द्र स्थापना गर्न र सङ्क्रमण भित्रिन नदिनेतर्फ गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराएको छ ।

एक फरक सन्दर्भमा उहाँले पार्टीको १४औँ महाधिवेशन तयारीका आन्तरिक कार्यक्रमहरु तथा समायोजन एवं क्रियाशील सदस्यता नवीकरण र वितरणलगायत काम भने सम्बन्धित समितिहरुमार्फत जारी रहने बताउनुभयो ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.