जापान

जापानमा कोरोनाबाट १२ जनाको मृत्यु, संक्रमितको संख्या एकहजार नाघ्यो- सुनामी स्मृति सभा स्थगित

जापानमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भैसकेको छ भने संक्रमितको सख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्थानीय सरकारद्वारा एकीकृत रुपमा बुधबार साँझसम्म गरिएको तथ्यांक अनुसार डायमण्ड प्रिन्सस क्रुजमा रहेका ७ सय ६ सहित १ हजार १० जना संक्रमित रहेका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ४८ संक्रमित मंगलबारसम्म स्वस्थ भएर घर फर्केका छन् भने अझै ५८ जनाको स्थिति गम्भीर रहेको छ, जसमा ३४ जना क्रुजबाट आएका छन् । उनीहरुकोा सघन उपचार कक्षमा उपचार भैरहेको छ ।

जापानको होक्काइदोमा सबैभन्दा बढी ८२ जना संक्रमित रहेको पाइएको छ भने यसपछि आइचीमा ४१। टोकियोमा ४०, कानागावामा ३१ र चिबामा १५ जना संक्रमित पाइएको बताइएको छ । पश्चिम जापानको यामामुची प्रान्तमा बुधबार विहान कोरोना संक्रमणको पहिलो घोषणा गरिएको थियो । त्यहाँ एक ४० वर्षीया पुरुष संक्रमित रहेको पाइएको छ ।

यसैबीच कोरोना प्रकोपका कारण जापानन सरकारले ११ मार्च २०११ को महाभूकम्प, सुनामी र परमाणु दुर्घटना पीडितको स्मृतिमा गर्ने स्मृति समारोह रद्द गर्ने तयारी गरेको एनएचकेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.