सूचना/प्रविधि

फेसबुकका कर्मचारीमा कोरोना, कार्यालय बन्द- कर्मचारीले घरबाटै काम गर्ने

विश्वको सबभन्दा ठूलो लोकप्रिय सामाजिक सञ्जाल फेसबुकलाई कोरोनाले सताएको छ । अमेरिकाको वासिंटन राज्यको शियाटलमा रहेको फेसबुकको कार्यालयमा काम गर्ने एकजनामा कोरोना संक्रमण पुष्टि भएपछि फेसबुकको कार्यालय हप्ताभर नै बन्द गरिने भएको छ ।

कोरोनाको संक्रमण भेटिएपछि फेसबुकले शियाटलमा रहेका आफ्ना कर्मचारीहरुलाई यो महिनाको अन्त्यसम्म घरबाटै कामगर्न प्रोत्साहित गरेको छ ।

यसैबीच न्युयोर्कमा कोरोना संक्रमित वकिलसँग सम्पर्कमा आएका कारण अरु ९ जनामा कोरोना संक्रमण पुष्टी भएपछि वकिल, उनको परिवार, छिमेकी र वकिलसँगको सम्पर्कमा आएको परिवारसँग सम्पर्कमा आएका झण्डै १ हजार जनालाई सेल्फ क्वारेन्टाइनमा बस्न आदेश दिइएको छ ।

न्यु रोशेलमा संक्रमित परिवारसमेत सामेल यहुदीहरुको आरधनालयमा गएका ३ सय जना, वकिलका छोरा अध्ययरत यसिभा युनिभर्सिटीका २ जना, वलिककी छोरी पढ्ने विद्यालयका दर्जनौं, वकिलको ल फर्ममा काम गर्ने सातजना कामदार र एकजना इन्टर्नर प्रेस्बेटेरियन अस्पतालमा ८ जना कर्मचारीहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न आदेश दिइएको हो ।

ती वकिलले काममा जाँदा आउँदा मेट्रो नर्थ ट्रेन प्रयोग गर्ने गरेको जनाइएको छ । त्यतीबेला ट्रेनमा चढेकाहरुमाथि पनि संक्रमणको आशंका गरिएको छ ।

न्युयोर्कमा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएपछि संक्रमितको संख्या ११ पुगेको छ । न्युयोर्कको न्यु रशेलमा रहेको अर्को परिवारमा पनि कोरोना संक्रमण पुष्टी भएको हो ।

कोरोना संक्रमित थप पाँचजना एउटै परिवारका भएको जनाइएको छ । ४६ बर्षकी महिला, उनका ४५ बर्षका पति र उनीहरुका तीनजना छोराछोरीमा कोरोना संक्रमण पुष्टी भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.