जन सरोकार

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी अवार्ड

तेजाब आक्रमणमा परेकी मुस्कान खातुन अमेरिकी सरकारको अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी अवार्डबाट सम्मानित हुने भएकी छन् । पन्ध्र वर्षको उमेरमा तेजाब हमलामा परेकी मुस्कान यो पुरस्कार पाउने कान्छीमध्ये एक र नेपालकी पहिलो महिला हुन् ।

खातुनलाई सो सम्मान दिने घोषणा गरिएको नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले शुक्रवार बिहानै सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिनुभएको हो । उक्त अवार्ड मार्च ८ मा भर्चुअल कार्यक्रममा अमेरिकी प्रथम महिला जील बाइडनले प्रदान गर्नेछिन् ।

यो वर्ष सो सम्मान सो अवार्डबाट मुस्कान सहित विश्वभरिबाट छानिएका १४ महिलाले प्राप्त गर्नेछन् ।

२०७६ भदौ २० गते विहान वीरगञ्ज महानगरपालिकाकी मुस्कान खातुन बिहान विद्यालय जाँदै गर्दा उनको पिछा गर्दै आएका दुई युवाले एकाएक उनीमाथि एसिड प्रहार गरेका थिए ।

उनलाई उपचारका लागि वीरगञ्ज अस्पतालमा लगियो तर त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंमा गरिएको थियो । पछि अमेरिकन तथा नेपाली डाक्टरहरुको टोलीले प्लास्टिक सर्जरी गरेका थिए ।

सम्बन्धित खबर

Back to top button