वाग्मती सफाईको ४६० औं हप्तामा जुटिन निरुता
विगत ४ सय ५९ हप्तादेखि उपत्यकाको सभ्यताको मुहान मानिएको पवित्र वाग्मती नदीको सफाई अभियान चलिरहेको छ । पछिल्ला केही समययता नेपाली चलचित्रका चर्चित कलाकारहरुको सहभागिता रहन थालेको छ ।
यसै क्रममा वाग्मती सफाईको ४६० औं हप्ताको अभियानमा लोकप्रिय अभिनेत्री निरुता सिंहको सहभागीतमा सम्पन्न भएको छ । यसअघि नायिका सञ्चिता लुइटेल र करिश्मा मानन्धर सफाई महाअभियानमा सरिक भएका थिए ।
झण्डै ९ वर्षयता स्वयंसेवी हातहरुबाट भैरहेको सफाई अभियानले पवित्र नदी वाग्मती पहिलाको अनुपातमा निकै सफा देखिएको छ । सफाई अभियानसंगै जनचेतना पनि वृद्धि भैरहेकाले नदीमा फोहर फाल्नेहरु पनि कम देखिएका छन् ।
केही समययता नदीमा अहिले फोहर कम तापनि जवसम्म वाग्मतीमा ढल खसाल्ने काम रोकिंदैन तबसम्म नदी स्वच्छ नहुने अभियानकारीहरु बताउँछन् ।
वाग्मती सफाई महाअभियानका एक अभियन्ता चक्रबहादुर चन्द वाग्मती नदी ढलमुक्त अनि पानी सफा नभयसम्म यो अभियान निरन्तर जारी रहने दृढता व्यक्त गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्