राजनीति

गठबन्धन टुटेपछि डा. शेखरको टिप्पणी- भविष्यको लागि सजग बनौं

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सोमबार सत्ता गठबन्धन टुटेपछि त्यो गठबन्धन नेपाली कांग्रेसका लागि महंगो सावित भएको बताउनुभएको छ ।

डा. कोइरालाले सामाजिक सञ्जाल एक्समा नयाँ सत्ता समीकरण बन्नु सामान्य भए पनि कांग्रेसको अगुवाईमा बनेको गठबन्धन तोडिनु भविष्यका लागि सजग बन्ने बाटो पनि भएको बताउनुभएको छ ।

उहाँले राजनीतिमा गठबन्धन बन्नु,तोडिनु र फेरि बन्नु सामान्य भए पनि सोमबारको घटना सामान्य नभएको भन्दै कतै यसमा कांग्रेस नेताका हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि भन्दै प्रश्न गर्नुभएको छ ।

डा. कोइरालाले भन्नुभएको छ, “कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महङ्गो सावित भयो। यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौं ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.