राजनीति

कांग्रेसले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लियो

सत्ता गठबन्धन फेरिएसंगै प्रमुख प्रतिपक्षी दलमा रहेको नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बैठकपछि पार्टी उपसभापति धनराज गुरुङले सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो, “हाम्रो कार्य सम्पादन समितिको बैठकमा विशेष गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जुन समर्थन गरेका थियौँ, विश्वासको मत दिएका थियौँ, आज यो बैठकबाट समर्थन फिर्ता लिएका छौँ।”

प्रधानमन्त्रीलाई असहयोग भयो भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “समर्थन फिर्ताको कारणपट्टि नजाऔँ, धेरै कारण छन्। हामीले दिएको समर्थन फिर्ता लियौँ, धेरै भनिरहनु पर्दैन।”

उपसभापति रुङले भन्नुभयो, मन्त्रीबाट असहयोग भयो जस्तो मलाई लाग्दैन। अनौपचारिक वार्ता पनि पटक–पटक भयो। मन्त्रीको कारणभन्दा पनि राजनीतिक चलखेल, नेपालको राजनीतिक प्रवृत्ति नै हो।”

सोमबार विहान नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धनबाट अलग भएर सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसंग नयाँ गठबन्धन गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.