जन सरोकार

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

रौतहट, इशनाथ नगरपालिका-१ जानपुलबाट स्रोत नखुलेको नगद १० लाख रूपैयाँसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ बस्ने ३० वर्षीया मरमती मोक्तान र ३६ वर्षीय देवराज थिङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय बन्जरहाबाट खटिएको प्रहरीले प्र.३ ०१-०२३ च ५३८५ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.