फोटो फिचरराजनीति

आफैंलाई प्रत्यक्षमा मतदान गर्न नपाएका चर्चित उम्मेदवारहरु (फोटो)

देशभर उत्साहजनक र शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ । मुलुकका विशिष्ठ व्यक्तित्वहरुले आज विहानै आआफ्नो मतदान केन्द्रमा गएर निर्वाचनमा सहभागिता जनाउनुभएको छ ।

कतिपय उम्मेदवारहरुले भने आफैंलाई मतदान गर्न असमर्थ रहे । यसमा दुई पूर्व प्रधानमन्त्री पनि हुनुहुन्छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्षतर्फ आफैंलाई मतदान गर्न पाउनुभएन । अध्यक्ष ओली झापा क्षेत्र नं. ५ कै उम्मेदवार हुनुहुन्छ, तर उहाँले भक्तपुरको बालकोट स्थित केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ।

दाहाल पूर्वी रुकुमबाट उम्मेदवार हुनुहुन्छ, तर उहाँको मतदान केन्द्र चितवनको भरतपुर महानगरपालिका–१४, शान्तिपुरस्थित नेपाल प्रहरी विद्यालयमा छ।

आफैंलाई मतदान गर्न नपाउनेमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा हुनुहुन्छ । उहाँ सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवार हुनुहुन्छ, तर उहाँको मतदाता नामावली काठमाडौँ क्षेत्र नं ४ को मैतिदेवी मन्दिर नजिकैको केन्द्रमा रहेको छ।

राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) सभापति रवि लामिछाने चितवन क्षेत्र नं २ बाट उम्मेदवार हुनुहुन्छ, तर उहाँको मतदान केन्द्र काठमाडौँ क्षेत्र नं ३ को महाँकालचौरमा रहेको छ।

त्यसै गरी सोही पार्टीका वरिष्ठ नेता बालेन शाह झापा क्षेत्र नं ५ बाट चुनावी मैदानमा हुनुहुन्छ, तर उहाँको मतदाता नामावली काठमाडौँको सिनामंगल मा रहेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.