साहित्य

साहित्यकार चालिसेको ‘जीवनका वक्ररेखा’ लोकार्पित

वरिष्ठ पत्रकार तथा तथ साहित्यकार विजय चालिसेको नवीनतम कृति “जीवनका वक्ररेखा” लोकर्पित भएको छ । शनिबार गोकर्णेश्वर नगरपालिका, बेंसीगाउँमा आयोजित कार्यक्रममा पुस्तक लोकार्पित गरिएको हो ।

सुरभि साहित्य प्रतिष्ठानको १४ औँ स्थापना दिवसका अवसरमा सुरभि पुरस्कार अर्पण समारोहमा कथाकार मधुवन पौडेल, नारायण ढकाल, ध्रुव मधिकर्मी र रुकु कार्की सम्मान र साहित्यकार चालिसे तथा बाजुराम पौडलको उपन्यास “अर्को संसार” लोकार्पित गरिएको हो ।

वरिष्ठ साहित्यक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा दुवै कृतिका बारेमा वरिष्ठ समालोचक गोपी मैनाली, ठाकुर शर्मा र युवराज मैनालीले विश्लेषण गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ठ अतिथि प्राज्ञ दिनेशराज पन्त, पूर्व मन्त्री रामेश्वर फुँयाल, पुरस्कृत प्रतिभाहरूका साथै लेखकद्वय गोविन्द घिमिरे र रामकुमार पण्डितले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button