विश्व समाचार

इन्डोनेसियामा पहिरोमा परी ११ जनाको मृत्यु, दर्जनौं बेपत्ता

इन्डोनेसियाको सबैभन्दा बाहिरी टापुमा सोमबार परेको मुसलधारे वर्षापछि गएको पहिरोमा परी ११ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको इन्डोनेसियाको विपद् व्यवस्थापन निकायले जनाएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन निकायका प्रवक्ता अब्दुल मुहारीले रिउ टापुका स्थानीय अधिकारीहरूको पछिल्लो जानकारीअनुसार ‘११ मृत शरीर भेटिएको र अन्य ५० जना हराइरहेको बताउनुभयो ।

उक्त संस्थाले उपलब्ध गराएको तस्वीरमा बोर्नियो र मलेसियाको मुख्य भूमिको बीचमा पर्ने सेरासान टापुको भिरको किनारानजिक रहेका घरहरू पहिरोबाट खसेको माटो र भग्नावशेषले पूर्ण रूपमा पुरिएका छन् ।

रिउ टापुको विपद् व्यवस्थापन निकायका प्रवक्ता जुनाइनाहले प्रभावित क्षेत्रमा सञ्चार सञ्जाल काटिएको र पछिल्लो जानकारी प्राप्त गर्न कठिन भएको बताउनुभयो ।

“मौसम अप्रत्याशित छ । हावा तीव्र छ र व्यापक बाढी आएको छ,” उहाँले बताउनुभयो । मुहारीका अनुसार टाढा टापुसम्म पुग्न पनि उद्धार अधिकारीलाई कठिन हुनेछ ।

“सामान्यतया तीव्र गतिको डुङ्गाबाट पहिरो प्रभावित क्षेत्रमा पुग्न पाँच घण्टा लाग्छ,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.