नयाँ गठबन्धन बनेसंगै हिजोको गठबन्धनमा बनेका प्रदेश सरकारहरुमा मन्त्री बर्खास्त गर्ने, राजीनामा दिने र समर्थनन फिर्ता लिने होडबाजी सुरु भएको छ ।
यसै क्रममा नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बिहान बसेको माओवादी संसदीय दल गण्डकीको बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
माओवादी केन्द्र गण्डकी प्रदेशकी प्रमुख सचेतक कुसुम बुढाले समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाइसकेको जानकारी दिनुभयो ।
मंगलबार मुख्यमन्त्री पाण्डेले माओवादीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्