राजनीति

एमाले र माओवादी केन्द्र अलगअलग दल- फैसला स्वीकार्ने प्रधानमन्त्रीको प्रतिबद्धता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला मान्ने बताउनुभएको छ । सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिष्ट पार्टी ऋषिराम कट्टेलले नेतृत्व गरेकै पार्टीको भएको तथा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलगअलग राजनीतिक दलका रुपमा साबिककै अवस्थामा कायम रहने फैसला गरेको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा नेकपाबारे सर्वोच्च अदालतले गरेको फैसलासँग सम्बन्धित रही सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले सो फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अपराह्न करीब ४ बजे संसद् भवन प्रवेश गर्नुभएका प्रधानमन्त्री ओली करिब आधा घण्टा बसेर फर्किनुभएको थियो ।

उता नेकपा प्रचण्ड(माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टीबारे सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक आएको बताउँदै फैसला नहेरी थप टिप्पणी नगर्ने बताउनुभएको छ ।

सम्बन्धित खबर

Back to top button