जन सरोकार

चेकिङमा बसेका प्रहरीलाई छुरी हान्न खोजेपछि गोली प्रहार गरी पक्राउ

पक्राउ

पक्राउ

सडकमा सुरक्षा जाँच गरिरहेका प्रहरीलाई छुरी हान्न खोज्ने दुईजनालाई गोली हानेर पक्राउ गरिएको छ । पूर्वी नवलपरासीमा शनिबार राति ११ बजे मापसे चेकिङ गरिरहेका प्रहरीमाथि छुरा हान्न खोजेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको हो ।

समाचार अनुसार पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ कोल्हुवा क्षेत्रमा एउटै मोटरसाइकलमा तीन जना व्यक्ति मापसे गरेर आएपछि रोक्न खोज्दा नमानेपछि प्रहरीले मोटरसाइकल लडाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी दीपक रेग्मीले जानकारी दिनुभयो ।

लडाएपछि पछाडिका दुई जनाले सईसाबलाई ढुङ्गा टिपेर हान्ने खोजे भने चालकले छुरा हान्न खोजेपछि आत्मरक्षाका लागि गोली चलाइएको होरेग्मीले जानकारी दिनुभयो ।

गोलीले प्रेम महतोको खुट्टामा चोट लागेको छ भने उनको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । त्यस्तै अर्का मुन्ना महतो र सुरज महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर

Back to top button