राजनीति
आजको दिनलाई समानता, अधिकार र महिला हिंसाविरुद्धको अभियान
सभामुख अग्निप्रसाद सापकोटाले ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले महिलाको समान अधिकार स्थापित गर्दै सम्मानित जीवनको सुनिश्चितताका लागि जीवन उत्सर्ग गर्नुहुने सबैप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा जारी गर्नुभएको सन्देशमा सभामुखले आजको दिनलाई समानता, अधिकार र महिला हिंसाविरुद्धको अभियानका रूपमा मनाइरहँदा प्राप्त अधिकारहरू कार्यान्वयनको प्रत्याभूति एवं विभेद अन्त्यका लागि जुट्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्