आईसीसी विश्वकप लिग २ अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)मा फागुन २२ गते सम्पन्न त्रिदेशीय श्रृङ्खला अन्तर्गत नेपाल र युएईबीचको अन्तिम खेलमा नेपालका स्टार खेलाडी सन्दीप लामिछाने र युएईका रोहन मुस्ताफाबीच मैदानमा भनाभन भयो ।
खेलका क्रममा भनाभन भए पनि यी दुबै खेलाडी विश्वका विभिन्न देशमा एकसाथ खेलेका अभिन्न मित्र हुन् । सन्दीपसंगको भनाभनपछि सामाजिक सञ्जालमार्फत नेपालमा आयोजना हुने लिगको अन्तिम श्रृङ्खलामा आफू नेपाल आउन लागेको र नेपाली दर्शकबाट पहिला जस्तै माया पाउने विश्वास व्यक्त गरे ।
भोलि फागुन २५ गतेदेखि कीतिपुुरमा आयोजना हुने नेपाल, युएई र पपुवा न्यूगिनीबीचको श्रृङ्खलाका लागि युएईको टोली नेपाल आएको छ र सो टोलीका सदस्य मुस्तफासहितको टोलीलाई सन्दीप लामिछानेले स्वागत गर्दै नेपाल बसाई राम्रो रहोस् भनेका छन् ।
सन्दीपले ट्वीट गर्दै भनेका छन् सुन्दर देश नेपालमा तपाई र तपाईको टोलीको राम्रो बसाईको शुभकामना । मलाई थाहा छ तपाईंका फ्यानहरू तपाईंलाई यहाँ फेरि देख्न पाउँदा साँच्चै खुसी हुनेछन् ।
विश्वकप लिग २ को अन्तिम श्रृङ्खलाका दुई खेल जिते नेपालको एकदिवसीय मान्यता कायम रहनेछ । नेपालको उद्देश्य चावटै खेल जितेर विश्वकपमा स्थान बनाउने रहनेछ । त्यस्तै युएइको विश्वकप यात्रा समाप्त भैसकेको छ ।
युएईलाई एकदिवसीय मान्यता जोगाउन ३ खेल जित्नुपर्नेछ । पपुवा न्यूगिनीलाई भने हार वा जितले लिग २ मा कुनै फरक पार्नेछैन । सो टोली लिगको पुछारमा रहेको छ ।





प्रतिक्रिया राख्नुहोस्