जापानको राजधानी टोकियोस्थित ताकाओसान याकुओइन मन्दिरमा परम्परागत अग्नि स्नान उत्सव ‘हिवातारी मात्सुरी’ सम्पन्न भएको छ।
हचियोजी क्षेत्रमा आयोजित उक्त धार्मिक अनुष्ठानका क्रममा बौद्ध अनुयायीहरूले बलिरहेको कोइलामाथि हिँड्दै काठका पाटीहरू अग्निकुण्डमा अर्पण गरेका छन्।
वार्षिक रूपमा मनाइने यस विशेष उत्सवले आत्मशुद्धि र आध्यात्मिक शक्तिको प्रदर्शन गर्ने धार्मिक विश्वास रहिआएको छ। उत्सव आज मार्च ८ मा मनाइएको हो ।


(फोटो फिलिप फाङे एएफपी)





प्रतिक्रिया राख्नुहोस्