साहित्य

“मधुर मिलन” गीत तथा कविता संग्रह लोकार्पण

वरिष्ठ कवि, गायक तथा गीतकार किर्तिशेष शम्भुकुमार मिलनद्वारा रचित फुट्कर प्रकाशित तथा अप्रकाशित गीत तथा कविताहरुको संग्रह “मधुर मिलन” लोकार्पण गरिएको छ । पुस्तक प्राज्ञ देवी नेपालले सम्पादन गरेर प्रकाशनमा ल्याइएको हो ।

गत सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, लेखनाथ कक्षमा “शम्भु निर्मला” कला साहित्य समाजले आयोजना गरेको कार्यक्रममा कृति लोकार्पणका साथ रचना वाचन समेत गरिएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख अतिथि र विशेष अतिथिहरु प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय, प्रज्ञा परिषद सदस्य तथा इतिहासविद प्रा. दिनेशराज पन्त, प्रज्ञा परिषद सदस्य हेमनाथ पौड़ेल, प्रज्ञा परिषद सदस्य लक्ष्मी माली, शम्भु निर्मला कला साहित्य समाजका संस्थापक, संरक्षक निर्मला रेग्मी, रमेश विकल साहित्यक प्रतिष्ठानका महासचिव तथा वरिष्ठ साहित्यकार विजय चालिसे, समिक्षक डा. यज्ञश्वोर निरौला लगायतका साहित्यिक व्यक्तित्वहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

मिलनकै स्वागत गीतबाट सुरु गरिएको विमोचन कार्यक्रमका प्रमुख आतिथि उप्रेतीले प्रज्ञा सभामा मिलनसँगको सहकार्य तथा वहाँको योगदानबारे स्मरण गर्दै उहाँलाई चीर स्थायी राख्ने कामको सुरुवातको रुपमा संस्थाको स्थापना भएकोमा खुसी प्रकट गर्नुभयो ।

कार्यक्रमका सभापति प्रज्ञा परिषद सदस्य तथा शम्भु निर्मला कला साहित्य समाजका अध्यक्ष डा. देवी नेपालले शम्भुकुमार मिलनलाई किर्तिषेश राख्न परिवार, समाजले गरेको योगदानको प्रसंशा गर्नुभयो । उहाँले यो एघारौ कृतिको रुपमा उहाँकै सिर्जनालाई संग्रहीत गरेको पनि जानकारी गराउनु भयो ।

कवि गीता कार्कीले संचालन गर्नुभएको सो कार्यक्रममा समाजकै महासचिव कृष्णप्रसाद् पाण्डेले स्वागत मन्तव्यसँगै संस्थाको उपादेयता, आवश्यकता र सम्भावनाबारे प्रकाश पार्नुभएको थियो । त्यसै गरी डा. यज्ञश्वोर निरौलाले बिमोचित पुस्तक र लेखकको बारेमा समिक्षा राख्नु भएको थियो ।

शम्भु कुमार मिलनको जिजिबिशा कबिता संग्रहको कृतिपरक अध्ययन, विषयमा शोध गरेवापत सोधार्थी सुधा भण्डारीलाई सम्मान गरिएको सो समारोहमा मंगल ध्वनि सहित विभिन कवयत्रिहरुले मिलनका गजल तथा छन्द कविता बाचन गरेका थिए ।

कार्यक्रममा जगतप्रसाद उपाध्याय प्रेक्षित लगायत शुभकामना सन्देशसँगै समाजका संरक्षक निर्मला रेग्मीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button